Welcome to Native Music’s Creative World

PRANAMI SINGING ICON

A format of PRANAMI SINGING ICON has been created by Navin K Timalsina to preserve and promote the SHREEMUKH BAANI singing and Pranami Artists

संसार भरि बढ्दै गएको सङ्गीत प्रतिको मोह, आत्मा शान्ति र स्व मनोविमर्शको लागि अति नै सकारात्मक पक्ष हो । तर सो सगँै बिस्तारै हराउदै गएको भाव र आफ्नोपनले श्रृजना गरिएका भजन प्रतिको मोह घट्दै जानु चाँहि दुःखको कुरा हो । यसै सन्दर्भमा श्रीमुख वाणी गायन साथै अन्य प्रणामी सङ्गीत प्रति यूवाहरुको मोह र आध्यात्मिक भावनामा बृद्धि गराउने, भाव सहितको भजन गाएनलाई सबै सामु प्रिय बनाउने र प्रणामी समाज भित्रका गाएन कला तथा कलाकारहरुलाई एउटा विशेष मञ्च र अवसर प्रदान गर्ने हेतु PRANAMI SINGING ICON तयार गरिएको हो जुन सम्भवतः टेलिभिजन ईतिहासमै पहिलो धार्मिक रियालिटि सो पनि हो ।


यस कार्यक्रममा जति पनि भजनहरु प्रस्तुत हुन्छन ती सबै मौलिक र भावले बनेका हुन्छन् । गीतका सगींतमा भजनका शब्दहरु राखेर गाउने संस्कार फौलिदै जादा भजनमा हुनु पर्ने भाव दिन प्रति दिन घट्दो क्रममा रहेको सबैले महशुस गरेकै कुरा हो । तसर्थ यस कार्यक्रममा गाईने सबै भजन भावपरक मैलिक र भजनकै लागि तयार पारेको सगींत मात्र हुनेछन् जसले भजन प्रतिको भाव र झुकावलाई प्रोत्साहन गर्नेछन् ।


श्रीकृष्ण प्रणामी मन्दिर नवतनधाम, काठमाडौं र श्रीकृष्ण प्रणामी मन्दिर निजानन्दधाम, नजरपुरको विषेश सहयोगमा, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको आयोजनामा सम्पन्न PRANAMI SINGING ICON को पहिलो सिजनको बिजेता मंपु, दार्जिलिङ की सिम्रन गुरुङ भईन भने दोस्रो सिक्किम बाट अर्पण सापकोटा, तेस्रो सिक्किम बाट अर्चना शर्मा, चौथो भक्तपुर नेपालबाट उत्तम के.सी.र पाँचौ झापा नेपालबाट गुञ्जन दाहाल हुनुभयो ।